काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।
३२ वटै वडाका जनप्रतीनिधिलाई कार्यक्रममा सहभागि भई सहयोग गर्न प्रमुख बालेन साहले पत्रमार्फत अनुरोध गरेका छन् ।
सरसफाइ कार्यक्रम १३ गते बिहान ७ देखि १० बजेसम्म हुने छ । सरसफाइका लागि स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउनेछन् ।
सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ ।
गत वर्ष २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मतगणना जेठ १३ गते शुक्रबार सकिएको थियो ।