दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपका नेपालको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
साफ यु-१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ । समूह ‘बी’ को नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ । अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।
नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ । २०१५ मा घरेलु भूमिमा भएको च्याम्पियनसिपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो ।
नेपाली टोली
गोलकिपर – भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनिया ।
डिफेन्डर – रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का ।
मिडफिल्डर – कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का ।
फरवार्ड – पवन पाख्रिन, धर्बेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ ।