२ असई र २ सहायक हवलदारसहित २७ प्रहरी कर्मचारी गैरहाजिर

Yangle News
Yangle News
२०८२ मंसिर १० गते
२ असई र २ सहायक हवलदारसहित २७ प्रहरी कर्मचारी गैरहाजिर

२ जना असई र २ जना सहायक हवलदारसहित २७ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २७ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ । कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत कार्यालयले दिएको छ ।

सूचना :

Yangle News