पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Yangle News
Yangle News
२०८२ बैशाख २ गते
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।

बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

Yangle News