नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा विराटनगर किङ्ग्सले सानदार जीतसहित प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो दिनको दोस्रो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले सहजै पराजित गर्दै दुई अंक हात पारेको हो । विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएको पोखरा एभेन्जर्स १८.५ ओभरमै अल आउट भयो । पोखराका तर्फबाट राष्ट्रिय टोलीका ओपनर तथा कप्तान कुशल भुर्तेलले अर्धशतक पूरा गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्यो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्सलाई काठमाडौं गोर्खाजले ५ विकेटले पराजित गरेको थियो ।
भोलि काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुने तालिका छ ।