फिलिपिन्समा कोरोना सङ्क्रमण बाट २६ जनाको मृत्यु

Yangle News
एजेन्सी
२०७९ पुस १७ गते
फिलिपिन्समा कोरोना सङ्क्रमण बाट २६ जनाको मृत्यु

फिलिपिन्समा कोभिड–१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट ५९१ जना संक्रमित भएको पनि बताइएको छ । यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक संक्रमित भएको बताइएको छ ।

यहाँ अहिले सक्रिय संक्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने संक्रमितको संख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार यहाँ कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।

351 views