नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आठौं महाधिवेशनबाट लक्की चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष खुला, महासचिव, सचिव लगायतका पदमा निर्वाचन भएको हो । अध्यक्षमा लक्की चौधरी र अमरध्वज लामाको दाबी रहे पनि लामाले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा चौधरी सर्वसम्मत निर्वाचित भएका हुन् ।
लुम्बिनीको पर्सामा अवस्थित लुम्बिनी बौद्व विश्वविद्यालयमा चैत २९ र ३० गते आयोजित आठौं संघीय महाधिवेशनबाट अध्यक्षमा चौधरीसहित वरिष्ठ उपाध्यक्षमा सरु राना मगर, उपाध्यक्ष विश्वराज तामाङ (खुला), उपाध्यक्ष अञ्जना शिल्पकार (महिला), संस्थागततर्फ अर्जुन जम्नेली राई, यमन राईडोने (अल्पसङ्ख्यक), महासचिवमा समीर बलामी निर्वाचित भएका छन् ।
तीन खुला सचिवतर्फ मिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबि आस्था मगर, संस्थागत सचिव सुनिल महर्जन, महिला सचिवद्वयमा माला पालुङवा लिम्बु, मिला दराई, कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ र सहकोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ (कमला) निर्वाचित भए ।
सात प्रदेशको इन्चार्जतर्फ प्रदेश १ मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बिनीमा गजेन्द्र गुरुङ, कर्णालीमा रत्न सुनुवार र सुदूरपश्चिममा राम लखन चौधरी निर्वाचित भएका छन् । यसैगरी, अतित योङहाङ, प्रदिप कुमार चौधरी, प्रज्वल श्रेष्ठ, निरज रञ्जित, अमिर लामा समितिमा सदस्य चयन भएका छन् ।
संस्थागत सदस्यतर्फ प्रदिप कुमार लेखी, साहिला तामाङ, दान बहादुर गुरुङ, श्याम राना मगर, सुरजवीर बज्राचार्य निर्वाचित भए । महिला सदस्यतर्फ विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भूमिका फियाक लिम्बु, रिया आले, अल्पसङ्ख्यक सदस्यद्वयमा संगीता चेपाङ, प्रितम भुजेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सदस्यमा विनोद श्रेष्ठ (विदेश), लेखा समितिको संयोजकमा गजेन्द्र राई र लेखा समितिको सदस्यमा प्रविण कुमार गाहा रहेका छन् ।
फोनिज केन्द्रीय कार्य समितिमा १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन हुन्छ । थप चार जना संस्थागत सदस्य मनोनित गरिने नवनिर्वाचित समितिले जनाएको छ ।