नेपाली सेनामा २६ सयभन्दा बढी जनशक्ति माग (सूचनासहित)

Yangle News
Yangle News
२०८१ चैत्र २९ गते
नेपाली सेनामा २६ सयभन्दा बढी जनशक्ति माग (सूचनासहित)

नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६ सयभन्दा बढी जनशक्ति माग गरेको हो ।

स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् ।

योग्यताका हकमा कक्षा ८ पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । यस्तै उचाइ न्यूनतम ५ फिट ३ इन्च पुरुषको हकमा हुनु पर्नेछ भने महिलाको हकमा ५ फिट हुनुपर्नेछ ।

सूचना :

Yangle News