डेटा सर्भरमा देशलाई आत्मनिर्भर र साइबर सुरक्षामा सुनिश्चितता प्रदान गर्ने सरकारको घोषणा

Yangle News
Yangle News
२०७९ पुस २६ गते
डेटा सर्भरमा देशलाई आत्मनिर्भर र साइबर सुरक्षामा सुनिश्चितता प्रदान गर्ने सरकारको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले डेटा सर्भरमा देशलाई आत्मनिर्भर बनाउने बताएका छन् । प्रतिनिधि सभामा मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले डेटा सर्भरमा देशलाई आत्मनिर्भर र साइबर सुरक्षामा सुनिश्चितता प्रदान गर्ने बताएका हुन् ।

उनले फाइभजी प्रविधि प्रयोगमा ल्याउने समेत बताएका छन् । यसका साथै  विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, शपिङ कम्प्लेक्स लगायतका सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क गरिने समेत उनले उल्लेख गरेका छन् ।

504 views