ग्लोबल आ‍ईएमई बैंकले ल्यायो ग्लोबल जुनियर एप

Yangle News
Yangle News
२०८१ भदौ १७ गते
ग्लोबल आ‍ईएमई बैंकले ल्यायो ग्लोबल जुनियर एप

 

ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी ग्लोबल जुनियर मोबाइल एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय आनीबानी विकास गर्ने उद्देश्यका साथ यो एप ल्याएको जनाएको छ ।

एप मार्फत बालबालिका आफैंले डिजिटल बैंकिङको अनुभव लिन सक्नेछन् भने यसबाट उनीहरूमा बचत गर्ने बानीको विकास समेत हुने विश्वास बैंकके रहेको छ । एपबाट अभिभावकको निगरानीमा बालबालिकाले आफ्नो बचत रकम खर्च गर्न समेत सक्नेछन् ।

बालबालिकाहरूले बचत गर्न र आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने सुविधा भएके यस एपले बालबालिकाहरूलाई आर्थिक रूपमा जिम्मेवार बनाउने छ । आमाबाबुको निगरानी र मार्ग दर्शनमा बालबालिकाहरूको लागि ग्लोबल जुनियर एप मार्फत नवीनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरूमा वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत उपलब्ध हुनेछ । ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर किशोरी प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो ।

यो एप बालबालिकाहरूले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताको रूपमा रहने अभिभावकहरूको समन्वयमा सजिलै सञ्चालन गर्न सकिन्छ ।

डाउनलोड गरी पहिलो वर्ष निःशूल्क प्रयोग गर्न सकिने ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न,  कारोबारको विवरण थाहा पाउन र क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिने छ ।