क्यानको वार्षिक क्यालेन्डर : ५५ वटा कार्यक्रम समावेश

Yangle News
Yangle News
२०८१ फाल्गुन २४ गते
क्यानको वार्षिक क्यालेन्डर : ५५ वटा कार्यक्रम समावेश

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का निम्ति वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो ।

क्यालेन्डरमा क्यानले आयोजना गर्ने कार्यक्रमलाई मात्र समेटिएको सचिव पारस खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश र क्षेत्रले गर्ने कार्यक्रमा क्यालेन्डरमा समेटिएको छैन । क्यालेन्डरमा महिला-पुरुष सिनियर, उमेर समूहको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालगायत ५५ वटा कार्यक्रम समावेश गरिएको छ ।

यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए । नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग-२ खेल्नेछ । यस्तै, ट्वान्टी-२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए ।

आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्नेछ । नोभेम्बरमा यूएईमा विश्वकप लिग-२ खेल्नेछ । महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वान्टी-२० सिरिज खेल्ने क्यान सचिव खड्काले बताए । यसैगरी, घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नोभेम्बरमा हुनेछ । प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने क्यानले जनाएको छ । सचिव खड्काले नेपाली क्रिकेट खेलाडीको ‘ग्रेडिङ’ छिटै सार्वजनिक गर्ने जानकारी दिए ।

क्यालेन्डर :

Yangle News