सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार ब्यारेजमा पानीको बहाव असामान्य रुपमा बढ्दै भएपछि सवारी आवतजावतमा पूर्णरुपले रोक लगाइएको छ । सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गएको र पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ ।
यस क्रममा स्थानीय प्रशासनले ब्यारेजबाट आवतजावतमा रोक लगाउनुका साथै सप्तकोशी नदी आसपास बस्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आह्वान गरेको छ ।