महिला विश्वकप-२०३५ आयोजना गर्न चार देशको प्रस्ताव पेस गरेका छन् ।
बेलायत अधिराज्यभित्र पर्ने दी इंग्ल्यान्ड फुटबल एसोसियसन, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सले फिफा महिला विश्वकप आयोजना गर्न चासो देखाएका हुन् । बुधबार इंग्ल्यान्ड फुटबल एसोसियसन, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सले महिला विश्वकप २०३५ आयोजना गर्न इच्छा जनाउँदै फिफामा प्रस्ताव पेस गरेका छन् ।
‘बेलायती भूमिमा महिला विश्वकप आयोजना गर्न पाउनु बेलायती खेलकुद जगतमा हाम्रो लागि लामो समयसम्म इतिहास बन्ने अविस्मरणीय क्षण हुनेछ । फुटबल संघको बोलपत्रप्रति सरकारको पूर्ण समर्थन छ,’ बेलायतका प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फिफाले २०३१ र २०३५ महिला विश्वकपको लागि २०२५ सम्ममा बोलपत्र पेस गर्नुपर्ने जनाएको छ । जसको टुंगो २०२६ को मध्यमा हुनेछ ।