बीपी राजमार्गमा फसेका ६ सय यात्रुको उद्धार

Yangle News
Yangle News
२०८३ बैशाख १३ गते
बीपी राजमार्गमा फसेका ६ सय यात्रुको उद्धार

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आइतबार बिहान उनीहरूको उद्धार गरेको हो ।

वर्षाका कारण शनिबार साँझदेखि बीपी राजमार्ग अवरूद्ध भएपछि यात्रुहरू मंगलटारमा अलपत्र परेका थिए । राजमार्गको विभिन्न स्थानको अस्थायी डाइभर्सन बगाएपछि शनिबार साँझदेखि मंगलटारमा अलपत्र परेका ६ सय यात्रुको आइतबार बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अलपत्र परेका यात्रुलाई मंगलटारबाट झोलुंगे पुल तारेर तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म उद्धार गरिएको हो । प्रहरीले ८० वटा माइक्रोबसका यात्रुलाई उद्धार गरेको जनाएको छ ।

बाढीका कारण डाइभर्सन बगाएका कारण मंगलटारमा रोकिएका सवारी साधनहरू काठमाडौं र सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । डाइर्भसन बगाएर अलपत्र परेका सवारी साधनलाई डाइभर्सन बनेपछि गन्तव्यतर्फ पठाउने प्रहरीको तयारी छ ।