पुरुष टी-२० अलराउन्डर वरीयतामा ऐरीको सुधार

Yangle News
Yangle News
२०८२ फाल्गुन ६ गते
पुरुष टी-२० अलराउन्डर वरीयतामा ऐरीको सुधार

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा सुधार आएको छ ।

जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीको वरीयता दुई स्थान सुधार हुँदै चौथो स्थान कायम भएको छ । यसअघि उनी छैटौं स्थानमा थिए । सूचीको शीर्ष स्थानमा भने एक स्थान सुधार गर्दै पाकिस्तानका श्याम अय्युब पुगेका छन् ।

यसअघि पहिलो स्थानमा रहेका जिम्बाब्बेका सिकन्दर रजा दोस्रो स्थानमा पुगेका छन् । तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या यथावत छन् । ऐरीसँग समान रेटिङसहित अफगानिस्तानका अजमतुल्लाह उमरजाई भने उनीभन्दा पछि छन् ।

अलराउन्डरतर्फको २२औं स्थानमा नेपालका कुशल भुर्तेल छन् भने समान रोहित पौडेल पनि ४०औं स्थानभित्र छन् । त्यस्तै ७२औं स्थानमा नेपालका गुल्शन झा रहेका छन् ।