के हो ग्लोबल आइएमईको ह्याकाथन ?

Yangle News
Yangle News
२०८१ फाल्गुन २२ गते
के हो ग्लोबल आइएमईको ह्याकाथन ?

 

ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई -एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ ।

प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गर्न लागेको बैंकले जनाएको छ ।  यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।

दुई चरणमा हुने प्रतियोगितामा सहभागि हुन इच्छुकहरुले बैंकको वेवसाइट मार्फत दर्ता गर्न सक्नेछन् । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुती र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।

पहिलो चरणको लागि प्रतियोगिहरुले एक महिनाभित्र अर्थात चैत २२ गतेभित्र अनलाइन पेपर प्रस्तुती गर्नुपर्ने छ । भने  दोस्रो चरण अर्थात अनसाइट ह्याकाथन भने २०८२ सालको वैशाख १८ मा हुनेछ ।

प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट हुने टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिने जनाइएको छ ।