अमेजन, गुगल र माईक्रोसफ्ट पछि पेपलले पनि कर्मचारी कटौती गर्दै

Yangle News
गणेश पौडेल
२०७९ माघ १९ गते
अमेजन, गुगल र माईक्रोसफ्ट पछि पेपलले पनि कर्मचारी कटौती गर्दै

पेपलले करिब २ हजार कर्मचारी वा आफ्नो ७ प्रतिशत कामदारहरू कटौती गर्ने जनाएको छ। पेपलले आफ्नो लागत घटाउन कर्मचारी कटौती गर्ने नीति अबलम्बन गर्न लागेको बताएको छ।

बीबीसीका अनुसार अनलाइन भुक्तानी कम्पनी पेपलले चुनौतीपूर्ण विश्व- अर्थतन्त्रको सामना गर्न यस्ताे निर्णय गर्न बाध्य भएको बताएको छ।

यस वर्ष गुगल, अमेजन र माइक्रोसफ्ट जस्ता ठूला टेक्नोलजी कम्पनीहरुले पनि कर्मचारी कटौती गरिसकेका छन्।

पेपलका प्रमुख कार्यकारी डान शुल्म्यानले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘हामीले हाम्रो संसार, हाम्रा ग्राहकहरू र हाम्रो प्रतिस्पर्धीहरु विकसित हुँदै जाँदा परिवर्तन गरिरहनुपर्छ,’।

342 views