ग्लोबल आइएमईका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

Yangle News
Yangle News
२०८१ असार ९ गते
ग्लोबल आइएमईका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

 

ग्लोबल आइएमई बैंकका एटिम कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले लिमिटेड ललितपुरस्थित आरुष लाइफस्टाइल हस्पिटल प्रालिमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकको अस्पताल बीच अस्पतालले दिने विभिन्न सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको बैङ्कले जनाएको छ ।

समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले अस्पतालमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

देशका विभिन्न स्थानमा रहेका अस्पतालका शाखाहरुमा समेत उल्लेखित छुट पाउने सकिने जनाइएको छ ।