सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि सुन हालसम्मकै उच्च भएको हो । तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन १ लाख २५ हजार २ सय रुपैयाँ थियो । फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड दुई साता पनि नपुग्दै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ ।
अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ ।