सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ । इजरायल र इरानबीच जारी संघर्षका कारण त्यहाँ रहेका नेपालीहरुले अप्ठ्यारोमा परेको विभिन्न माध्यमबाट जानकारी गराएपछि सरकारले स्वदेश फर्काउने तयारी स्वरुप नामावली संकलन सुरु गरेको हो ।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।
इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली रहेका छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार उद्धार गरिने इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताए ।