शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Yangle News
Yangle News
२०८२ बैशाख ८ गते
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि मन्त्री भट्टराईले राजीनामा दिएको स्रोतको भनाइ छ । मन्त्री भट्टराईले भने मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन् ।

राजीनामा दिएकै दिन उनले मन्त्री क्वार्टर पनि छोडेकी छन् । भैंसेपाटीस्थित मन्त्री क्वार्टर छाडेर उनी चाबहिलस्थित निजी निवासमा गएकी हुन् ।