आज पनि घट्यो सुनको मूल्य

Yangle News
Yangle News
२०८० माघ ३ गते
आज पनि घट्यो सुनको मूल्य

 

नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ घटेको छ । हिजो प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार चार सय १५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।