भीमसेन आदर्श नमुना माविमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना

Yangle News
Yangle News
२०८० पुस १७ गते
भीमसेन आदर्श नमुना माविमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना

 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।

न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा २० लाख पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसाललाई न्यौपाने दम्पतीले संयुक्तरूपमा सो रकम बराबरको चेक प्रदान गरे ।

गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।

आर्थिक अभावमा बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताए ।

 

180 views