नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा आफूले उम्मेद्वारी नदिने बताएका छन् । जेनजी आन्दोलन पश्चात करिब एक महिना बढी समयपछि पहिलोपटक सार्वजनिक भएका देउवाले पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेका हुन । उनीसँगै पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा पनि बैठकमा उपस्थित थिईन् । सो क्रममा देउवाले जेन्जी आन्दोलनका जायज मागहरु तत्काल पूरा गर्नुपर्ने बताए । साथै उनले निर्वाचनबाटै देशले संवैधानिक निकास पाउने भएकाले निर्वाचनको वातावरण तयार गर्न सरकारलाई सुझाव दिए ।
नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिईएको छ । आजको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसको विधान बमोजिम पनि आगामी महाधिवेशनमा देउवाले उम्मेद्वारी दिन मिल्दैन् । सभापति देउवाले सम्बोधन सकिए लगत्तै आजको बैठक स्थगित गरिएको छ ।
पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने नेताहरुले बताएका छन् ।