नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । राजधानीको सुकेधारास्थित मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् । ‘कम्युनिस्ट एकता आजको आवश्यकता हो । किन भने समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ’, नेता नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट नै हुनसक्छ ।’ तथापि नेपालले स्पष्ट आधार निर्माण नभई पार्टी एकता हुन नसक्ने बताएका छन् ।
अध्यक्ष नेपालले एमालेमा गरिएको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन् । उनले एमालेमा गरिएको विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम नभएको बताए । ʻएमालेमा गरिएको विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ,ʼउनले भने,ʻविद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नुबाहेक केही होइन ।ʼ
पूर्णपाठ :