इजरायलमा मृत्यु भएकाको परिवारलाई सरकारले १० लाख दिने, भोलि राष्ट्रिय शोक

Yangle News
Yangle News
२०८० अशोज २२ गते
इजरायलमा मृत्यु भएकाको परिवारलाई सरकारले १० लाख दिने, भोलि राष्ट्रिय शोक

 

सरकारले भोलि मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले इजरायलमा मृत्यु भएका १० जना नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोकको निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार दिवंगत भएका नेपालीहरुप्रति सम्मान गर्दै राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।

मन्त्री शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १० \ १० लाख राहत दिने निर्णय पनि बैठकले गरेको जानकारी दिईन ।

इजरायलको कृषी क्षेत्रमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको बिद्रोही समुह हमासको आक्रमणमा मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा रहेका अरु ३२ जना विद्यार्थीलाई सुरक्षित स्थानमा ल्याईएको छ ।