यस साता नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस साता सुनको मूल्य प्रतितोला २० हजार ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २२५ रुपैयाँ बढेको छ ।
साताको पहिलो कारोबार दिन अर्थात आइतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन, सोमबार २ लाख ४० हजार ४०० रुपैयाँ, मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँ, बुधबार २ लाख ४८ हजार ९०० रुपैयाँ र बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँ गर्दै दैनिक नयाँ नयाँ रेकर्ड बनाई शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, गत आइतबार तोलाको ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार ३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याएको भन्सार नीति, विभिन्न देशहरुमा देखिएको युद्धको अवस्था, ब्रिक्स राष्ट्रहरुले बढाएको सुनचाँदीको भण्डारण लगायतका कारणले पछिल्लो समय सुनचाँदीको मूल्य उच्च बढेको विश्लेषण भइरहेको छ ।