किरात समुदायमा आज उभौली पर्व मनाइँदै

Yangle News
Yangle News
२०८३ बैशाख १८ गते
किरात समुदायमा आज उभौली पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले मनाउने उभौली पर्व आज देशभर पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । बाली लगाउनुअघि बाली राम्रोसँग सप्रियोस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । यस पर्वका अवसरमा सामूहिक पूजा तथा नाचगानसमेत हुनेगर्छ ।

उभौली पर्वलाई किरात समुदायका जातिहरुले ठाउँ बिशेष र आफ्नो बोल्ने भाषा अनुसार फरक-फरक नामले बोलाउने र चिन्ने गर्दछन् । यस समुदायको लिम्बूहरूले यक्वा तङनाम, राई जातिले साकेला, सुनुवारहरुले फोलष्यादर वा ष्याँदरपिदार, याक्खाहरूले युच्याङ र थामी जातिले भुम्या नामले सम्बोधन गर्ने गरेको पनि पाईन्छ ।