रियल मड्रिड तथा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले जिते यस वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर

गणेश पौडेल
२०७९ अशोज ३१ गते
रियल मड्रिड तथा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले जिते यस वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर

रियल मड्रिड र फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन् ।

रियललाई २०२१-२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन मद्दत गर्दा बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए।

लियोनल मेस्सी (सात) र क्रिस्टियानो रोनाल्डो (पाँच) ले यसअघि १३ पटक यो अवार्ड जितेका थिए । तर यस समारोहमा  दुवै  मेस्सी र रोनाल्डो उपस्थित थिएनन् ।

सोमबार राति भएको समारोहमा फ्रान्सेली F1 ड्राइभर एस्टेबान ओकन रेसिङ कारमा बालोन डी’ओर ट्रफी लिएर थिएटर डु च्याटलेटमा आइपुगेका थिए। बेन्जेमा सन् १९९८ मा जिनेदिन जिदानपछि प्रतिष्ठित अवार्ड जित्ने पहिलो फ्रान्सेली खेलाडी हुन्। जिदान करिम बेन्जेमालाई पुरस्कार प्रदान गर्न कार्यक्रममा सहभागी भएका थिए।

बेन्जेमाको  ४४ गोल मध्य च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन विरुद्धको ह्याट्रिक र क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीविरुद्ध अर्को गोल समावेश छ। उनले म्यानचेस्टर सिटीविरुद्धको सेमिफाइनलको दुई लेगमा थप तीन गोल पनि गरेका थिए।

सन् २००९ देखि रियल म्याड्रिडमा रहेका ३४ वर्षिय खेलाडी बेन्जिमा ले नोभेम्बर २० बाट कतारमा हुने विश्वकपमा फ्रान्सका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बालोन डी’ओर अवार्डका लागि विश्वभरका १०० पत्रकारले मतदान गरेका थिए ।