बागमतीमा मुख्यमन्त्री र ८ मन्त्रीद्वारा सपथ ग्रहण

Yangle News
Yangle News
२०८२ साउन २० गते
बागमतीमा मुख्यमन्त्री र ८ मन्त्रीद्वारा सपथ ग्रहण

बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख कार्यालय हेटौंडामा एक समारोहबिच आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

नेपालको संविधानको धारा १ सइ ६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्रीसमक्ष हिजो नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए । उनलाई १ सय १० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ ।

त्यस्तै आज नै बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले ८ मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्यमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसबाट भने खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्रीमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् । प्रदेशका १४ मध्ये कांग्रेसको भागमा परेको ७ मन्त्रालयमा दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफूमातहत राखेका छन् ।

संसदीय दलमा नेताको हैसियत गुमाएपछि बहादुर सिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस संसदीय दलको नेतामा नियुक्त भएका बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

Yangle News