प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

Yangle News
Yangle News
२०८२ बैशाख २८ गते
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए भने सभाले संशोधनका प्रस्तावलाई अस्वीकृत गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम पारित भएकाले सरकारलाई जेठ १५ गते संघीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।