अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् । भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । साथै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको बताए ।