प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे १ लाखसम्म जरिवाना

Yangle News
Yangle News
२०७९ कार्तिक ३ गते
प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे १ लाखसम्म जरिवाना

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध लगाएको छ।

सरकारले गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय  आज प्रकाशित सूचनामा उल्लेखित छ ।

प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गरेको थाहा पाइएमा १ लाख सम्म जरिवाना गर्ने उक्त सूचनामा उल्लेख छ।

नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी मिति २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको विषय सर्वविदितै छ । नजिकिँदो तिहार र छठ जस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ वातावरण विभागको अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु. १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट रु. १ लाखसम्म जरिवाना हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

Yangle News

 

241 views