यो साता २६ सय ११ मा झर्‍यो सेयरबजार

Yangle News
Yangle News
२०८२ जेष्ठ २ गते
यो साता २६ सय ११ मा झर्‍यो सेयरबजार

यो साता सेयर बजार १.८७ प्रतिशत अर्थात् ५० अंक घटेको छ । गत साता २६ सय ६१ अंकमा बन्द भएको बजार यो साता २६ सय ११ मा झरेको छ ।

यो साता कारोबार भएका चारै दिन बजार घट्यो । सोमबार सार्वजनिक विदाका कारण बजार बन्द रह्यो । पहिलो दिन आइतबार १२.५३ अंक घटेको बजार मंगलबार १४.८७, बुधबार १३.९६ र बिहीबार ८.४१ अंक घट्यो ।

बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार १० अर्ब २० करोडको कारोबार भएकोमा मंगलबार ९ अर्ब ६३ करोड, बुधबार ८ अर्ब ७३ करोड तथा बिहीबार ७ अर्ब ८ करोडमा खुम्चियो ।

यो साता होटल तथा पर्यटन सेक्टरले राम्रो प्रदर्शन गरेको छ । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ७.३० प्रतिशत बढ्यो । साथै विकास बैंक समूह १ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर यो साता घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ६ प्रतिशत घट्यो ।