‘सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्’

Yangle News
Yangle News
२०८३ बैशाख १ गते
‘सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्’

प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्षले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका छन् । आज बिहान नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दुःख हरण, निर्विघ्नता रहोस् भन्ने कामना गरेका हुन् ।

‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्,’ बालेनले शुभकामना दिँदै भनेका छन्, ‘हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् । सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् । नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’