सुधन गुरुङ पुन: गृहमन्त्री, महाविरलाई नवप्रवर्तन मन्त्रलायको जिम्मेवारी

Yangle News
Yangle News
२०८३ जेष्ठ २६ गते
सुधन गुरुङ पुन: गृहमन्त्री, महाविरलाई नवप्रवर्तन मन्त्रलायको जिम्मेवारी

 

प्रधानमन्त्री बालेन साहको सिफारिसमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुन नियुक्त भएका छन् । उनीहरुले आजै राष्ट्रपति कार्यालयमा सपथ लिए ।

गृहमन्त्री बहाल रहँदा सम्पत्तिबारे प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो ।

समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री साहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् ।

यस्तै म्याग्दीबाट स्वतन्त्र सांसद निर्वाचित महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मा दिइएको छ ।