इजरायलले कृषिमा ६५ हजार विदेशी श्रमिक भित्र्याउने

Yangle News
Yangle News
२०८१ असार ५ गते
इजरायलले कृषिमा ६५ हजार विदेशी श्रमिक भित्र्याउने

 

इजरायल सरकारले ९२ हजार विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा सोमबार बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक ल्याउने निर्णय गरेको हो ।

इजरायलले कृषि, उद्योग, होटल र रेस्टुरेन्ट लगायतका क्षेत्रमा कोटा छुट्याएर नै श्रमिक भित्र्याउने जनाएको छ । सबैभन्दा बढी कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् ।

इजरायलमा विदेशी श्रमिक अभाव भएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले विदेशी श्रमिकको कोटा तोक्नको लागि गत १५ मेमा उच्चस्तरीय समिति बनाएका थिए । यो समितिको चौथो बैठक हो ।

इजरायलले विदेशी श्रमिक ल्याउने देश भने छुट्याएको छैन । इजरायलको केयरगिभर क्षेत्रमा झन्डै ४५ सय कामदार कार्यरत छन् ।