प्रधानमन्त्री शुसिला कार्की नेतृत्वको सरकारमा आज दुईजना मन्त्रीहरु थपिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिएका हुन् । जेन्जी आन्दोलनपछि गठित सरकारमा तेस्रो पटक मन्त्रीहरु थपिएका हुन ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गर्नुभएको थियो ।
चारजना मन्त्रीहरु थपिने चर्चाकाबिच जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि सुनारको नाम हटाइएको थियो भने भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको थियो ।