सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । बिहीबार सुन तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ३ सयले बढेको हो । साताको सुरुमा गत आइतबार र सोमबार प्रति तोला १ लाख १९ हजार ९ सयमा स्थिर रहेर कारोबार भएको थियो । त्यसमा ६ सय बढ्दा गत मंगलबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको पनि मूल्य बढेको छ । बुधबारका तुलनामा १५ रुपैयाँ बढेर बिहीबार प्रति तोला १४ सय ९० भएको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै क्रमिक रुपले बढिरहेको छ । बिहीबार सुनचाँदी दुवैको कारोबार मूल्य बढेको छ ।