माइक्रोसफ्टले १० हजारभन्दा बढी कर्मचारी हटाउँदै

Yangle News
Yangle News
२०७९ माघ ५ गते
माइक्रोसफ्टले १० हजारभन्दा बढी कर्मचारी हटाउँदै

माइक्रोसफ्टले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा मार्चको अन्त्यसम्ममा १० हजारभन्दा बढी कर्मचारीहटाउने योजना रहेको पुष्टि गरेको छ ।

स्काई न्यूजलाई उद्धृत गर्दै द भर्जले  लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनी माइक्रोसफ्टले आफ्नो करिब ५ प्रतिशत कर्मचारी कटौती गर्ने योजना बनाएको छ । माइक्रोसफ्टमा २,२०,००० भन्दा बढी कर्मचारीहरू छन्, यसको मतलब १०,००० भन्दा बढी  कर्मचारीहरु छंटनी हुन सक्छन्।

अमेरिकी समाचार संस्था द भर्जका अनुसार कम्पनीले सम्भवतः बुधबार कर्मचारी कटौतीको घोषणा गर्नेछ ।माइक्रोसफ्टले इञ्जिनियरिङ डिभिजनमा र मानव संशाधन विभागमा हजारौंको सङ्ख्यामा कर्मचारी कटौतीको घोषणा गरिने रिपोर्ट गरेको छ।

माइक्रोसफ्ट चुनौतीपूर्ण अर्थव्यवस्थाको सामना गर्ने नवीनतम ठूलो टेक कम्पनी हो। अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका हुन् ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्या नाडेलाले टेक्नोलोजी उद्योगका लागि दुई वर्षको चुनौतीबारे चेतावनी दिएको केही हप्तापछि नै यो कटौती गरिएको हो ।सीएनबीसीसँगको अन्तर्वार्तामा नाडेलाले माइक्रोसफ्ट ‘विश्वव्यापी आर्थिक परिवर्तनबाट अछुतो’ नरहेको स्वीकार गर्दै प्रविधि कम्पनीहरू सक्षम हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।