ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएलले सुरु गर्यो काराेबार

Yangle News
Yangle News
२०८० मंसिर २६ गते
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएलले सुरु गर्यो काराेबार

 

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमकाबिच कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको औपचारिक आरम्भ गरेका हुन

कार्यक्रममा अध्यक्ष ढकालले धितोपत्र बजारको विकास र विस्तारसंगै मुलुकको आर्थिक गतिविधिमा समेत कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने बताए ।

त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय विश्वास व्यक्त गरे ।  

धितोपत्र कारोबारका लागि इजाजत प्राप्त यो कम्पनीको कार्यालय नयाँबानेश्वर शंखमुलमार्गमा रहेको छ भने स्टक एक्सचेञ्जको सदस्य नम्बर ८९ रहेको छ ।