राष्ट्रघात गर्नेसँग सचेत हुनुपर्छ : पर्यटन मन्त्री किराँती

Yangle News
Yangle News
२०८० मंसिर २४ गते
राष्ट्रघात गर्नेसँग सचेत हुनुपर्छ : पर्यटन मन्त्री किराँती

 

पर्यटन मन्त्री सुदन किराँतीले राष्ट्रघात गर्नेसँग सचेत हुनुपर्ने बताएका छन् । कामले राष्ट्रघात गरि कुराले मात्र राष्ट्रवादी बन्नेहरु सचेत हनुपर्ने उनको भनाइ छ ।  ओखलढुङ्गाको लिखु गाउँपालिका–६ माटेवेशीको सिद्धेश्वर मन्दिरमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

आफू मन्त्री नियुक्त हुँदा सदाचारका लागि केहि कुरामा प्रतिवद्धता जाहेर गरेको र ती प्रतिबद्धता पुरा गरिरहेको मन्त्री किराँतीको दाबी थियो । हेलिकेप्टर नचढ्ने, विदेश भ्रमणमा नजाने, परिवारवादको पछि नलाग्ने र खादा, माला नलगाउने प्रतिबद्धता गरेको र अहिलेसम्म ति कुरामा आफू नचुकेको उनले बताए ।

आफू कुरा र काम दुवैले राष्ट्रवाद झल्किने गरेर काम गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो । धार्मिक पर्यटन प्रवर्द्धनका लागि लिखु गाउँपालिका–६ माटेवेशीको सिद्धेश्वर महादेव मन्दिरमा महोत्सवको आयोजना गरिएको हो ।