प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारको प्रतिनिधि सभा बैठकबाट आफूले शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भोलि सबै सांसदबाट विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताए ।
दाहालले भने, ‘‘मैले त आशाको कुरा गर्दा पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ।’’
उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् । दाहालले सोमबारको दिउसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।