अविश्वसनीय सम्भावनाबोकेको ट्विटर खरिदको लागि उत्साहित छु : एलोन मस्क

Yangle News
Yangle News
२०७९ कार्तिक ३ गते
अविश्वसनीय सम्भावनाबोकेको ट्विटर खरिदको लागि उत्साहित छु : एलोन मस्क

लामो समयदेखि टेस्लाका मालिक इलोन मस्कले ४४ अर्ब अमरिकी डलरमा ट्वीटर किन्ने सम्झौता भएको जानकारी दिँदै आएका थिए। तर उनी केही समय अघि  ट्वीटर खरिदको निर्णयबाट पछि हटेका थिए ।

टेस्ला कम्पनीका सीईओसमेत रहेका मस्कले बुधबार टेस्लाको त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा फेरि ट्वीटर खरिद गर्ने पक्षमा रहेको बताएका हुन्।

अमेरिकी अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिदका लागि आफू उत्साहित रहेको बताएका छन्। यद्यपि उनले ट्वीटर खरिदको लागि आवश्यकभन्दा धेरै रकम खर्चिएको बताएका छन्।

मस्कले अहिलेको अवस्थामा ट्वीटरलाई तिरिएको रकम धेरै भए पनि आगामी दिनमा ट्वीटरको मूल्यांकन अहिलेको तुलनामा धेरैले बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन्।
यसअघि ट्वीटरले पनि मस्कलाई बिक्री गर्ने प्रक्रिया चलिरहेको भन्दै शेयर कारोबार रोक्का गरेको थियो। मस्कले टेस्लाले पनि छिटै नै एप्पलजस्तो कम्पनीलाई बजार पुँजीकरणको हिसाबमा पछि पार्न सक्ने बताएका छन्।
284 views