काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम

Yangle News
Yangle News
२०८२ असार १३ गते
काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम

देशका केही सानाठूला नदीमा आज (असार १३) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, कास्की, गोरखा, लमजुङ र मकवानपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना औँल्याइएको छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

झापा, इलाम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुली, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, हुम्ला, जुम्ला, बाजुरा, जाजरकोट, कालीकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, दार्चुला, डोटी, बझाङ, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीका ‘सामान्य’ जोखिमको सम्भावना औंल्याइएको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ ।

Yangle News