ग्लोबल बैंकको रेमिटमार्फत पैसा पठाउँदा क्यासब्याक अफर

Yangle News
Yangle News
२०८० पुस २५ गते
ग्लोबल बैंकको रेमिटमार्फत पैसा पठाउँदा क्यासब्याक अफर

 

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

बैंकको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा अधिकतम २५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले २५,००० रुपैयाँसम्म पठाउँदा १०० रुपैयाँ, ५०,०० रुपैयाँसम्म पठाउँदा २०० रुपैयाँ र ५०,०० रुपैयाँभन्दा बढि पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने जनाएको छ । यो योजना जनवरी ३१, २०२४ सम्म लागू हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ ।