चर्को ब्याजदरले बढ्न सकेन कर्जा लगानी : बैंकहरुमा २० अर्ब निक्षेप थपिँदा ८० करोड मात्रै कर्जा प्रवाह

Yangle News
Yangle News
२०७९ पुस १३ गते
चर्को ब्याजदरले बढ्न सकेन कर्जा लगानी : बैंकहरुमा २० अर्ब निक्षेप थपिँदा ८० करोड मात्रै कर्जा प्रवाह
Electronic banking concept. Businessman using online financial service on tablet computer, creative collage with pictograms

वाणिज्य बैंकहरुमा एक सातामा २० अर्ब १० करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार मंसिर ९ देखि १६ गतेसम्मको अवधिमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । पुस १ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४६ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा पुस ८ गतेसम्म आउँदा ४६ खर्ब ४५ अर्ब पुगेको छ ।

  • यता, यसैअवधिमा कर्जा प्रवाह भने ८० करोड मात्रै बढेको छ । पुस १ गतेसम्म कुल ४२ खर्ब २२ अर्ब कर्जा प्रवाह भएकोमा पुस ८ गतेसम्म ४२ खर्ब २३ अर्ब पुगेको छ । यसअवधिमा वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८६.०६% छ । बैंकहरुको लिदैं आएको चर्को ब्याजदरका कारण कर्जा प्रवाह नबढेको जानकारहरुको भनाइ छ । बैंकहरुले ब्याजदर नघटाएसम्म कर्जा लगानी नबढ्ने उनीहरुको तर्क छ ।
396 views