ओली-लेखकलाई थप ५ दिन थुनामा राख्न अनुमति

Yangle News
Yangle News
२०८२ चैत्र २२ गते
ओली-लेखकलाई थप ५ दिन थुनामा राख्न अनुमति

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार पाँच दिनको म्याद थपेको हो । यसअघि अदालतले एक पटक पाँच दिन र अर्को पटक दुई दिनको म्याद थप गरेको थियो ।

जेनजी आन्दोलन सम्बन्धमा बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा प्रहरीले ओलीलाई गत शनिबार पक्राउ गरेको थियो। पक्राउ परेपछि स्वास्थ्यमा समस्या आएको भन्दै ओली शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । अहिले पनि ओली अस्पतालमै छन् ।