एनपीएलको दोस्रो संस्करणकाे अक्सन यहि साउन २४ गते

Yangle News
Yangle News
२०८२ साउन १० गते
एनपीएलको दोस्रो संस्करणकाे अक्सन यहि साउन २४ गते

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यहि साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी दर्ता प्रकृयाको काम सम्पन्न भएको बताउँदै जम्मा ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गराएको विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

क्यानका अनुसार प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीको प्राथमिकता अनुसार अक्सनमा सहभागी हुने  खेलाडीहरुको अन्तिम सूची सार्वजनिक गरिने छ । साथै दर्ता भएका खेलाडीहरुको विवरण आठवटा फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइनेछ ।

एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर/डिसेम्बरमा हुने तयारी छ ।

 

(विज्ञप्ति)

Yangle News