भारत भ्रमणलाई जबरजस्ती बिरोध गरियो : प्रधानमन्त्री दाहाल

Yangle News
Yangle News
२०८० जेष्ठ २४ गते
भारत भ्रमणलाई जबरजस्ती बिरोध गरियो : प्रधानमन्त्री दाहाल

 

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा धेरै उपलब्धि हासिल भएको बताएका छन् । उनले एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, भ्रमणमा उत्पात भयो भन्ने मेरो दाबी होइन । नयाँ सुरुआत भयो ।

नेपाल समृद्ध हुने ढोका खोलियो । यसमा त हामीले खुसी पो व्यक्त गर्नुपर्छ । यो बेला हो नेपालीहरूले बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने हो । ठिक भएको छ र अझ ठिक हुनुपर्छ भन्ने हो ।

हामी सबैले एक भएर भएका सहमति, समझदारी ठिक ढंगले कार्यान्वयन होऊन् र हुन बाँकी सहमति पनि बनाउन पर्‍यो भन्नुपर्छ, उनको आग्रह गरे । त्यसो भन्यो भने पनि नेपाल बलियो हुन्छ, हामी बलियो हुन्छौं । यसमा अनावश्यक सकिनसकी विरोध गर्नुपर्ने, कनीकुथी विरोधको तरिका अपनाउनु उचित छैन ।

भारत भ्रमणका क्रममा १९५० को सन्धीदेखि हालका सीमा विवादका विषयमा प्रस्टसँग छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले दुवै मुलुकबीच छलफलको वातावरण बनाएर अगाडि बढ्नुपर्नेमा आपसी बुझाइ रहेको बताए ।

नेपालमा एयररुट पहिलोपटक ऐतिहासिक नै हो । जति कुरा प्रस्टसँग राखिएको छ । सबै कुरा राखिएको छ । इतिहासदेखि थाती रहेका, १९५० को कुरा पहिलोपटक जाँदा पनि र अहिले पनि सबै समस्याहरूको विश्वासको वातावरण बनाएर समाधान गर्नुपर्छ भन्ने कुरा राखिएको छ ।

यस अर्थमा पनि यो भ्रमण महत्त्वपूर्ण भएको छ, उनले भने, दुई छिमेकीहरू राम्रो विश्वासको वातावरण बनाएर लिपुलेक, कालापानीको समस्या हल हुने हो । एकले अर्कालाई राजनीति मात्रै गरिराखेर त यो बल्झिने मात्रै हो । संवादद्वारा सकरात्मक ढंगले समाधानको उपाय खोज्ने हो ।

विश्वासको वातावरण बनाएर सीमाको विषय हल गर्छौं भनेको विषय अरु कसैले गर्‍यो र रु अरु कसैले गर्‍यो र रु हिजो सरकारको नेतृत्व उहाँहरूको दलले गरेको थियो रु प्रधानमन्त्री हुनुहुन्थ्यो, केही गर्नुभएको थियो रुुमुलुकमा भएका सबै पक्षहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले सबै एकताबद्ध भएर जाँदा बाह्य पक्षले पनि साथ दिने धारणा राखेका थिए ।

प्रधानमन्त्री दाहालले मिडियामा भारतीय संसद्‌मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि राष्ट्रिय सभामा बताएका छन् ।

उनले सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने बताएका छन् ।

266 views